१ मंसिर २०८३, मंगलबार

होण्डाको दशैं योजना ‘यो दशैं, आशाको सुरुवात’अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले यस वर्षको दशैंको अवसरमा ल्याएको ‘यो दशैं, आशाको सुरुवात’ योजनाअन्तर्गत ‘होण्डा छ साथ साथ’मार्फत सातै प्रदेश (हरेक प्रदेश)बाट एकएक गरी विजेताहरु छनोट गर्ने जनाएको थियो ।

चाडपर्वको उल्लाससँगै समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै होण्डाले यस वर्ष ‘सहयोगको संकल्प’ नामक विशेष योजना सञ्चालन गरेको छ । यस योजनाअन्तर्गत ‘होण्डा छ साथ साथ’मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान गरिएको छ । यस योजनाको सबैभन्दा उत्कृष्ट पक्ष भनेको विजेताहरुले जति रकम प्राप्त गर्छन्, होण्डा नेपालले सोही बराबरको थप रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने घोषणा गरेको थियो ।

यसै योजनाअन्तर्गत लक्की ड्रमार्फत सातै प्रदेशबाट पहिलो ३ हप्ताको विजेताहरु छनोट गरी कम्पनीले सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार पहिलो हप्ताका विजेताहरूमा प्रदेश १ बाट रामचन्द्र न्यौपाने (१०,००० रुपैयाँ), प्रदेश २ बाट अफजल मियाँ (१,००,००० रुपैयाँ), प्रदेश ३ बाट गोकुलप्रसाद ओली (१०,००० रुपैयाँ), प्रदेश ४ बाट विज्ञान लामा (१०,००० रुपैयाँ), प्रदेश ५ बाट कृष्णबहादुर खड्का (१०,००० रुपैयाँ), प्रदेश ६ बाट पदमबहादुर शाही (५०,००० रुपैयाँ) र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादव (१०,००० रुपैयाँ) रहेका छन् ।

त्यस्तै, दोस्रो हप्ताका विजेताहरूमा प्रदेश १ बाट विकासकुमार यादव ( १०,००० रुपैयाँ), प्रदेश २ बाट सुन लामा (१०,००० रुपैयाँ), प्रदेश ३ बाट राजु महर्जन (२५,००० रुपैयाँ), प्रदेश ४ बाट बलराम थापा (५०,००० रुपैयाँ), प्रदेश ५ बाट पुष्पा थारु (१०,००० रुपैयाँ), प्रदेश ६ बाट मानसिंह दाहाल (१,००,००० रुपैयाँ) तथा प्रदेश ७ बाट विनिता पाठक (१०,००० रुपैयाँ) रहेका छन् ।

यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राई (५०,००० रुपैयाँ), प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तव (१०,००० रुपैयाँ), प्रदेश ३ बाट दिशान्त विष्ट (१०,००० रुपैयाँ), प्रदेश ४ बाट मनोज घिमिरे (१०,००० रुपैयाँ), प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकी (१०,००० रुपैयाँ), प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टर (१०,००० रुपैयाँ) र प्रदेश ७ बाट जुजेस्टर राणा (१०,००० रुपैयाँ) विजयी भएका छन् ।

कम्पनीले सम्पूर्ण विजेताहरुलाई उनीहरुले जितेको रकम हस्तान्तरण गर्नुका साथै आफ्नो ‘सहयोगको संकल्प’ अनुरुप सोही बराबरको थप रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ ।

यसैबीच, ग्राहकहरूको अभूतपूर्व उत्साह र मायालाई ध्यानमा राख्दै कम्पनीले यो योजना आगामी मंसिर १४ गते (३० नोभेम्बर)सम्मका लागि थप गरिएको जानकारी दिएको छ । यसबाट अझ धेरै ग्राहकहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।

स्याकार ट्रेडिङ कम्पनीले सम्पूर्ण विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकहरुले देखाएको अपार माया र विश्वासका लागि कृतज्ञता व्यक्त गरेको छ ।