१ मंसिर २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकमा कर्जा आवेदनको अवस्था अब घरमै बसेर हेर्न सकिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई घरमै बसेर कर्जा आवेदनको अवस्था र प्रगति हेर्न सकिने डिजिटल सेवा सुरु गरेको छ। बैंकले ‘Loan Application Tracking’ नामक सेवा सञ्चालनमा ल्याएको हो।

नयाँ सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको कर्जा आवेदन कुन चरणमा पुगेको छ, मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया कहाँसम्म पुगेको छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेट के छन् भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्।

यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर आफ्नो मोबाइल नम्बर र Loan Application Tracking ID प्रयोग गर्नुपर्नेछ। उक्त विवरण प्रविष्ट गरेपछि कर्जा आवेदनको अवस्थाबारे जानकारी हेर्न सकिने बैंकले जनाएको छ।

यसअघि कर्जा आवेदनको प्रगति बुझ्न ग्राहकले सम्बन्धित शाखामा पुग्नुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्था थियो। नयाँ सेवाले त्यस्तो झन्झट हटाउँदै जुनसुकै समय र स्थानबाट आवेदनको अवस्था अनुगमन गर्न सहज बनाउने बैंकको विश्वास छ। यसबाट ग्राहकको समय बचत हुनुका साथै कर्जा प्रक्रियामा पारदर्शिता र सूचनामा पहुँच बढ्ने अपेक्षा गरिएको छ।

बैंकका अनुसार कर्जा आवेदन स्वीकृत भएको अवस्थामा सम्बन्धित ग्राहकलाई एसएमएसमार्फत पनि तत्काल जानकारी पठाइने व्यवस्था गरिएको छ।

ग्राहक सेवा र डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले पछिल्ला वर्षहरूमा प्रविधिमा आधारित सेवाहरू विस्तार गर्दै आएको छ। डिजिटल रूपान्तरण र निरन्तर नवप्रवर्तनमार्फत बैंकिङ प्रक्रिया सरल, प्रभावकारी तथा ग्राहककेन्द्रित बनाउने प्रयासस्वरूप नयाँ सेवा ल्याइएको बैंकले जनाएको छ।

‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने आफ्नो प्रयास जारी रहने बैंकको भनाइ छ। आगामी दिनमा पनि अत्याधुनिक प्रविधिको प्रयोग गरी थप डिजिटल सेवा तथा सुविधा विकास र विस्तार गर्ने बैंकले जनाएको छ।