काठमाडौं । कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग खेलेका तीन चर्चित खेलाडीहरुले सगरमाथाको आधार शिविरको अवलोकन गरेका छन् ।
दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर, पाकिस्तानका अलराउन्डर हुसैन तलात र स्कटल्यान्डका मार्क वाटले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरको भ्रमण गरेको कर्णाली याक्सले जनाएको छ ।
मिलरले विश्वको सर्वोच्च शिखरको अनुभव निकै रमाइलो र अविस्मरणीय भएको बताएका छन् ।
कर्णाली याक्स स्पोट्र्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले नेपालमा पर्यटन प्रवर्द्धन गर्न विश्वस्तरीय खेलाडी अनुबन्ध गरेको र सोहीअनुसार तीन खेलाडीलाई आधार शिविरमा पुर्याएको बताए ।
उनले भने, ‘नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्छ भनेर नै हामीले विश्व चर्चित डेविड मिलरजस्ता खेलाडीलाई एनपीएलमा ल्याएका हौँ । सोहीअनुसार टिममा आवद्ध भएका खेलाडीलाई हामीले आधार शिविर अवलोकन गराएका छौँ ।’











प्रतिक्रिया