काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका छन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको गलत कामलाई रोक्दै जनतामाझ जान आन्दोलन र निर्वाचनको तयारीलाई सँगसँगै अघि बढाउने बताएका हुन् ।
एमाले सिद्धियो भन्ने कुरालाई गलत प्रमाणित गर्न आन्दोलन र निर्वाचनबाट देखाउनुपर्ने अध्यक्ष ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले देशको सबभन्दा सही विचार बोकेको, संगठित, प्रभावशाली र सबभन्दा कर्मठ र उज्यालो भविष्य भएको एमालेमात्रै भएको उल्लेख गरे ।
अध्यक्ष ओलीले पार्टीमाथि विभिन्न तर्फबाट संयुक्त आक्रमण गरिएको र यसमा सरकारको स्वेच्छाचारिता, अधिनायकवादी सोच तथा फाँसीवादतर्फको यात्रा स्पष्ट देखिएको समेत बताए ।
राज्यका निकायहरूलाई राजनीतिक रूपमा प्रयोग गर्ने, समितिहरू गठन र छानबिनका नाममा अनावश्यक विवाद सिर्जना गर्ने तथा कतिपय पदहरूबाट हटाउने काम गरिएको ओलीले बताए ।
अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा बसेर भोट बदल्छु भन्ने बेइमानी भएकाले पार्टीविरुद्ध गतिविधि गर्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिए ।












प्रतिक्रिया