३० आश्विन २०८३, शुक्रबार

नेपाल बंगलादेशसँग भिड्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saff-u-19काठमाडौँ, ७ भदौ । अखिल नेपाल फुटबल सङ्घले आयोजना गरेको १९ वर्ष मुनिको पहिलो साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज सोमबार बङ्गलादेशको सामना गर्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको फुटबल खेल मैदानमा दिउँसो ३ः३० बजेदेखि नेपालले बङ्गलादेशको सामना गर्नेछ । जारी प्रतियोगितामा नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । शनिबार भएको खेलमा बङ्गलादेशले भुटानलाई २–० ले गोलअन्तरले पराजित गरेपछि नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यस्तै, भुटान भने लगातार दोस्रो हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा भुटान नेपालसँग ०–३ गोलअन्तरले पराजित भएको थियो । जारी प्रतियोगितामा नेपाल र बङ्गलादेशले समान ३/३ अङ्क जोडेका छन् । दुवै टोली समूह विजेताका लागि भिड्नेछन् ।

विभिन्न छ राष्ट्रले भाग लिएको उक्त प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित बङ्गलादेश र भुटान छन् । त्यसैगरी समूह ‘बी’ मा माल्दिभ्स, भारत र अफगानिस्तान परेका छन् ।