काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजकाे दाेस्राे खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १०६ रनकाे लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे कर्णाली १०५ रनमा अलआउट भयाे ।
कर्णालीका लागि साेमपाल कामीले २८, हुसैन तलतले २४ रन बनाए । लुम्बिनीका कप्तान राहित पौडेल, अभिषेश गाैतम, किशाेर महताेले र डीआरसी सर्टले २/२ विकेट लिए ।
५ खेलबाट ७ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा छ ।
५ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको कर्णालीलाई प्लेअफ सम्भावना जीवित राख्नका लागि आज जित्नै पर्छ ।
आजै भएको पहिलाे खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको थियो ।











प्रतिक्रिया