३० आश्विन २०८३, शुक्रबार

यो सिजनको स्पेनिस ला लिगा सुरु, नवप्रवेशी स्पोटिङसँग रियल मड्रिड बराबरीमा रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । यो सिजनको स्पेनिस ला लिगा फुटबल प्रतियोगिता सुरु भएको छ ।

सुरुवाती खेलमा नवप्रवेशी स्पोटिङ गिजोनले उपाधि दाबेदार रियल मड्रिडलाई बराबरीमा रोकेको छ । आइतबार राति भएको आफ्नो पहिलो खेलमा रियल मड्रिड गिजोनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

३६ औं मिनेटमा एन्टोनियो सानाब्रिआको हेडर क्रस बारमा लागेर गोललाई खस्दा गिजोनका समर्थक चुकचुकाएका थिए ।

६९ प्रतिशत बल पोजिसन बनाएको रियल मड्रिडले २७ पटक विपक्षीको पोष्टमा प्रहार गरेको थियो । तर, ८ सटमात्र टार्गेटमा थियो, जसलाई गोलरक्षक इभान केल्लरले असफल पारे ।

खेलका क्रममा गिजोनका सर्गिओ अल्भारेजले रोनाल्डोलाई लडाएका थिए । तर, रेफ्रीले रियल मड्रिडलाई पेनाल्टी दिएनन् । आइतबार राति नै भएको अर्काे खेलमा बार्सिलोना विजयी भएको छ ।

यो सिजनको खेलमा रियल मड्रिड र बार्सिलोनालाई उपाधि दाबेदारका रुपमा हेरिएको छ ।