काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (बुधबार) कुनै खेल नहुने भएको छ ।
आज तिहारको मुख्य दिन भाइटीका परेकाले प्रतियोगितामा विश्राम दिन राखिएको छ ।
प्रतियोगिताअन्तर्गत भोलि (बिहीबार) दुई खेल हुनेछ । पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२ः३० बजे भिड्नेछ ।
त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।












प्रतिक्रिया