२३ कार्तिक २०८३, सोमबार

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । चितवनको घोप्टेभिरमा खसेको पहिरो हटाइएपछि पृथ्वी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालनमा आएको छ। पहिरोका कारण बिहानैदेखि रोकिएका सवारीसाधन दिउँसोदेखि गन्तव्यतर्फ लागेका छन्।

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा गएराति करिब १ बजे पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। बिहानसम्म पहिरो पन्छाउन नसकिएपछि मुग्लिन र धादिङ दुवैतर्फ सवारीसाधनको लाम लागेको थियो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले दुवैतर्फबाट उपकरण परिचालन गरी पहिरो हटाएको हो। सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिरो व्यवस्थापनका लागि लोडर, एक्साभेटर र जेसीबी गरी ६ वटा उपकरण प्रयोग गरिएको थियो।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

यसअघि आइतबार पनि सोही स्थानमा पहिरो खस्दा केही समय यातायात प्रभावित भएको थियो। लगातार पहिरो खस्न थालेपछि घोप्टेभिर क्षेत्र हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।