काठमाडौं । रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
आठबीसकोट नगरपालिका–५, नयाँडाँडामा भे.१ च ३११२ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा आठबीसकोट नगरपालिका–५ बस्ने १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापा छन् ।
ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।












प्रतिक्रिया