काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा उपस्थीत भएका छन् ।
शिवाकोटीबिरुद्ध उजुरी परेपछि साइबर ब्युरोले उपस्थीत हुन उनलाई ताकेता गरेको थियो । आइतबार दिउँसो शिवाकोटी साइबर ब्युरो पुगेका थिए । साइबर ब्युरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा परेर प्रहरीको साइबर ब्युरोमार्फत ताकेता गर्ने र अनुसन्धान गर्ने काम भइरहेको आरोप लगाए ।
उनले सत्तारुढ दल र प्रधानमन्त्री बालेन निकट व्यक्तिहरुले कांग्रेस र नेतृत्वमाथि निरन्तर प्रहार गर्दा आफुले त्यसको प्रतिक्रिया दिएको र त्यसै कारण आफुलाई साइबर ब्युरोले बोलाएको हुनसक्ने उनको भनाइ छ ।
शिवाकोटीले अहिलेका प्रधानमन्त्रीले विगतमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्दा त्यसलाई अभिव्यक्ति स्वतन्त्रताको रूपमा लिइए पनि, अहिले उनी नै प्रधानमन्त्री भएको बेला उनकै सल्लाहकार र निकटहरूले प्रतिपक्षीको आवाज रोक्न खोजेको बताए ।












प्रतिक्रिया