२२ कार्तिक २०८३, आइतबार

अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो । दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रूपमा आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी रामेश्वर पौडेलले जानकारी दिए ।

सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो ।

झन्डै ३५ मिटरमाथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । उक्त ठाउँमा भित्तो नकाटिएको भए पनि आफैँ माथिबाट पहिरो खसेको नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रले बताए ।

उक्त ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए । रासस