२१ कार्तिक २०८३, शनिबार

दानबहादुर कार्कीलाई अदालतले न्याय दिन्छ भन्ने विश्वास छ : प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन् ।

आन्दोलनको तयारीका विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो अभियान सकिएपछि त्यसको समीक्षा गरेर मात्रै अगाडिको योजना बनाइने उल्लेख गरे ।

उनले एमालेसँग मात्रै नभई कांग्रेस र संविधान शान्तिप्रतिको निम्ति सहभागी सबैलाई एक ठाउँमा जोडेर अघि बढ्ने बताए ।

वर्तमान सरकारको कामकारबाहीका प्रश्नमा प्रचण्डले सरकार झिलिमिलीमा रमाएको टिप्पणी गरे ।

सरकारले ल्याएको प्रेस काउन्सिलसम्बन्धी अध्यादेशबारेमा उनले यसलाई सुधार गरेर मात्रै अघि बढाउनुपर्नेमा जोड दिए ।