२१ कार्तिक २०८३, शनिबार

कुमा सागरको कन्सर्टमा उपद्रो मच्चाउने १८ जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कैलालीको धनगढीमा गायक कुमा सागरको प्रस्तुति रहेको कन्सर्टमा मादक पदार्थ सेवन (मापसे) गरेर उपद्रो मच्चाएको अभियोगमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति ओम प्यालेसमा आयोजित कन्सर्टका क्रममा केहीले मापसे गरेर होहल्ला गर्दै उपद्रो मच्चाएपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार उनीहरुलाई कन्सर्टस्थलबाटै नियन्त्रणमा लिइएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।