२० कार्तिक २०८३, शुक्रबार

पश्चिमा शक्तिहरुको स्वार्थ पूरा गर्न नसके बालेन सरकारको पनि पतन हुन्छ : एमाले उपाध्यक्ष बादल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा (बादल)ले एमाले, नेपाली कांगेस, तत्कालीन नेकपा (माओवादी) लगायतका दलले पश्चिमा शक्तिहरुको स्वार्थ पूरा नगरेपछि उनीहरूको पार्टी कार्याालय र नेता कार्यकर्ताको घर, भवन जलाएर ध्वस्त पारेको बताएका छन् ।

थापाले अहिलेको बालेन सरकारले पनि पश्चिमा शक्तिहरूको स्वार्थ पूरा गर्न नसके उनीहरूले नै यो सरकारलाई विघटन गरिदिने दाबी गरेका हुन् ।

शुक्रबार एमाले दमक नगर कमिटीको आयोजनामा पार्टी कार्यालय निर्माण र पुनःनिर्माणमा सहयोग पुर्‍याउने सहयोगदाताहरूलाई सम्मान तथा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गदै उपाध्यक्ष थापाले यस्तो बताएका हुन् ।

पश्चिमी शक्तिहरुले नै सद्दाम हुसेन, ओसामा बिन लादेन लगायतलाई आफैले उठाएर पछि बाधक बनेपछि खत्तम पारेको उदाहरण उनले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पार्टी कार्याालय स्थापनाको सहयोग गर्ने दाता तथा गत २०८२ भदौ २४ गतेको जेनजी तोडफोडपछि ध्वस्त पार्टी कार्याालय पुनः निमार्णमा सहयोग गर्ने दाताहरू, नेता कार्यकर्ता र शुभेच्छुकलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा दमक–९ मा रहेको पार्टी कार्याालय निमार्णका लागि जग्गा दान दिने दाताहरू लक्ष्मीप्रसाद बराल, लक्ष्मीदेवी बराल, खेम बराल र दिपा दाहाल बराललाई प्रमुख अतिथि उपाध्यक्ष थापाले सम्मान गरेका थिए ।

एमाले दमक नगर अध्यक्ष रामप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा भवन निर्माण तथा पुनः निर्माण समिति संयोजक अम्बिका खनालले पुनः निर्माणको विषयमा जानकारी गराएकी थिइन् ।