बुटवल । यामाहाको नयाँ स्कुटरले बुटवलकी सरस्वती खनाल रायमाझीका लागि नयाँ राइडको खुसी मात्र नभई १० लाख ३ हजार रुपैयाँको नगद पुरस्कार समेत थपिदिएको छ । यामाहा नेपालको जारी चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’अन्तर्गत उनले ग्रान्ड प्राइज जितेकी हुन् ।
रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे–जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड खरिद गरेकी थिइन् । सोही खरिदमार्फत उनले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्न सफल भएकी हुन् । यस जितले यामाहाले ग्राहकलाई केवल राइडिङको अनुभवमा मात्र सीमित नराखी थप मूल्य र पुरस्कार प्रदान गर्दै यामाहा स्वामित्वको खुसीलाई अझ विशेष र यादगार बनाउने प्रतिबद्धता झल्काउँछ ।
ग्रान्ड प्राइज जितेपछि सरस्वतीले भनिन्, “यामाहा रे–जेडआर खरिद गर्नु आफैमा निकै उत्साहजनक अनुभव थियो । तर, १० लाख ३ हजार रुपैयाँ जित्दा यो अनुभव झनै विशेष बनेको छ । यो सुन्दर सरप्राइजका लागि म यामाहाप्रति हृदयदेखि नै आभारी छु र निकै खुसी छु ।”
रायमाझीले ग्रान्ड प्राइज जितिसके पनि यामाहाको चाडपर्वको उत्साह अझै जारी छ।
कम्पनीका अनुसार ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्राहकहरूले अझै पनि यामाहा खरिदमार्फत सहभागी भई आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।












प्रतिक्रिया