काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेप्से परिसूचक घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.९५ अंक घटेर २६५२.५८ विन्दुमा झरेको छ ।
सेन्सेटिभ इण्डेक्स १.५७ अंक, फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ । आज १३ मध्ये एक उपसमूहको परिसूचक मात्र बढेको छ । लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो ।
नेप्सेसँगै आज सेयर कारोबार रकम पनि घटेको छ । बुधबार सात अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । आज चार अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँ बराबरको एक करोड २३ लाख ७३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज आँखु खोला जलविद्युत कम्पनीको १८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड र घलेम्दी हाइड्रोको कारोबार रकम १४ करोड रुपैयाँ नाघेको छ । आज १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.०९ प्रतिशत घटेको छ ।












प्रतिक्रिया