१७ कार्तिक २०८३, मंगलबार

नुवाकोटका बाढीपीडितका लागि ४० घर निर्माण सुरू, सचिव महेश बस्नेतले गरे शिलान्यास

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नुवाकोटको मैरिटारमा बाढीपीडित परिवारका लागि ४० वटा घर निर्माण सुरू भएको छ।

नेशनल भोलेन्टियर्स फोर्सको पहलमा निर्माण हुन लागेका घरहरूको शिलान्यास तथा निर्माण कार्यको शुभारम्भ गरिएको हो।

घर निर्माण कार्यको औपचारिक शिलान्यास नेकपा (एमाले) का केन्द्रीय सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले गरे।

बाढीबाट प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले ४० घर निर्माणको योजना अघि बढाइएको फोर्सले जनाएको छ।