१७ कार्तिक २०८३, मंगलबार

बृहत्तर कम्युनिष्ट एकतामा आउन माधव नेपालको अपिल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले बृहत्तर कम्युनिष्ट एकता र ध्रुवीकरणमा आउन अपिल गरेका छन् ।

मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी पार्टी एकता कार्यक्रममा सह–संयोजक नेपालले कम्युनिष्ट आन्दोलनप्रति आकर्षण बढ्दै गएको भन्दै यसलाई बलियो बनाउन बृहत्तर कम्युनिष्ट एकता र ध्रुवीकरणमा आउन अपिल गरेका हुन् ।

उनले अहिलेको परिस्थितिमा आकर्षण बढाउँदै लानुपर्ने भएकाले पार्टी एकीकरणको समायोजनको कामलाई तीव्रताका साथ अघि बढाइने उल्लेख गरे ।

नेपालले जेठभित्र स्थानीय तहको निर्वाचन र सँगसँगै प्रदेश तहको निर्वाचन हुने सम्भावना रहेकाले त्यसको तयारीमा जुट्न समेत आग्रह गरेका छन् । पालिका तह र वडा तहमा अधिवेशन गरेर जनताको र स्थानीय कार्यकर्ताको परिचालन गर्ने एवं पार्टीलाई तलबाट सुदृढ बनाउने योजना बनाइएको उनले बताए ।

उनले स्थानीय चूनावलाई मध्यनजर गर्दै महाधिवेशन चुनावपछि सार्ने योजना बनाइएको भन्दै यसबीचमा पार्टी संगठनलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।