काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै कम्युनिष्ट एकताबद्व हुनुको विकल्प नरहेको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा आयोजित उमा भुजेल नेतृत्वको नेकपासँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले बाँकी कम्युनिष्ट समूहहरूले देशको वस्तुगत आवश्यकता हेरेर एकताबद्ध हुन जरुरी बनेको बताएका हुन् ।
उनले भने, ‘विगतमा थुप्रै साना ठूला कम्युनिष्ट घटकहरूलाई एकताबद्ध गर्ने पहल गरेका थियौँ, त्यसैको नयाँ कडिको रूपमा आज यो एकता घोषणा भइराखेको छ। यो अन्तिम होइन । हामीले अरू थुप्रैलाई पनि एकताबद्ध गर्न बाँकी छ ।’
उनले थपे, ‘माधवजीले केपी ओलीको नाम लिँदा अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन । केपी ओली, मोहनविक्रमजी, मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत सबै बाँकी कम्युनिष्ट समूहहरूले देशको वस्तुगत आवश्यकता हेरेर एकताबद्ध हुन जरुरी छ ।’












प्रतिक्रिया