१५ कार्तिक २०८३, आइतबार

विराटनगरमा बम विष्फोट, दुईजना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । विराटनगरमा बम विस्फोट हुँदा दुईजना घाइते भएका छन् । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु पड्किँदा दुई जना घाइते भएका हुन् ।

बम विष्फोट हुँदा स्थानीय विराटनगर–१५ बस्ने ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन् । छर्राका कारण नजवा खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने हैदर अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ।

जमिनमा पहिलेदेखि नै गाडिएर रहेको पुरानो सकेट बम जस्तो वस्तु फोहोर सफा गर्ने क्रममा चलाउँदा पड्किन पुगेको प्रारम्भिक अनुमान गरिएको छ।