काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउमा आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गरेका हुन् ।
उनले पुलिस स्टेट बन्द गर्न माग गरे । संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली पुलिस स्टेट यानी प्रहरी राज देखिएको उनको भनाइ छ ।












प्रतिक्रिया