१३ कार्तिक २०८३, शुक्रबार

सबै पत्रकार रिहा भएका छन्, प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएका बताएका छन् । समाजिक सञ्जालमार्फत मन्त्री तिमिल्सिनाले धरपकडमा परेका सबै पत्रकार रिहा भएका जानकारी दिएका हुन् ।

मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको पनि बताएका छन् । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको उनको भनाइ छ ।

उनले लेखेका छन्, पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्। सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्,’।

प्रहरीले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबारे समाचार प्रकाशित गरेको भन्दै विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई कार्यकक्षबाटै पक्राउ गरेको थियो ।