१३ कार्तिक २०८३, शुक्रबार

पत्रकार विश्वमणि सुवेदी रिहा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी रिहा भएका छन् ।

प्रहरीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका बारेमा समाचार प्रकाशित गरेको विषयलाई लिएर प्रहरीले सुवेदीलाई कार्यकक्षबाटै पक्राउ गरेर साइबर ब्यूरोमा लगेको थियो ।

ब्यूरोमा उनलाई प्रहरीले महानिरीक्षकबारे प्रकाशित समाचारको स्रोत खोल्न दबाव दिएको थियो । तर सुवेदीले स्रोत खोल्न अस्वीकार गरेका थिए । प्रहरीले विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरेको छ ।

घटनामा आपत्ति जनाउँदै प्रधानमन्त्रीले पक्राउ परेका पत्रकारलाई रिहा गर्न निर्देशन दिइसकेका छन् ।