१३ कार्तिक २०८३, शुक्रबार

पत्रकार पक्राउमा आपत्ति जनाउँदै रास्वपाले माग्यो सरकारको जवाफ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार पक्राउ प्रकरणमा आपत्ति जनाएको छ । प्रवक्ता जगदीश खरेलले घटनामा आपत्ति जनाउँदै सरकारको जवाफ माग गरेका हुन् ।

‘विभिन्न सञ्चार माध्यमका पत्रकार तथा सञ्चारकर्मीलाई सोधपुछ, धरपकड तथा पक्राउको समाचार सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आइरहेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ। यसबारे स्पष्ट पार्न हामी सरकारको ध्यानाकर्षण गराउँछौं,’ उनले लेखेका छन्।

पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पष्ट रहेको उनको भनाइ छ ।

‘मौलिक अधिकारको रूपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पार्टीको सम्मान तथा जिम्मेवारी रहेको पनि स्पष्ट पार्न चाहन्छौं। समाचारकै विषयमा कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पष्ट छ। न्यायको खोजी गर्ने अरू धेरै बाटोहरू खुला नै छन, त्यसलाई अवलम्बन गरौं,’ उनले भने।