१० कार्तिक २०८३, मंगलबार

इजरायलमा आज निर्वाचन, नेतान्याहुका लागि अग्निपरीक्षा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायलमा आज (मंगलबार) आम निर्वाचनका लागि मतदान हुँदैछ ।

निर्वाचनमा ७३ लाख इजरायली मतदाताहरूले मतदान गर्नेछन् ।

उनीहरूले देशको नयाँ सरकार चयन गर्नेछन् ।

यस निर्वाचनमा बहालवाला प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनाका पूर्वप्रमुख गादी आइसेनकोट, नाफ्ताली बेनेट, यायर लापिड, एभिग्डोर लिबरम्यान र यायर गोलान लगायतका प्रमुख नेताहरूको चुनौतीको सामना गर्नुपर्ने छ । यद्यपि, आइसेनकोट नेतान्याहुका प्रमुख प्रतिद्वन्द्वीका रूपमा देखिएका छन् ।

इजरायली सञ्‍चारमाध्यमहरुका अनुसार, यो निर्वाचन देशको भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।

इजरायलको संसदमा कुल १२० सिट छ । सरकार गठन गर्न कम्तिमा ६१ सिट आवश्यक पर्छ ।

मतदाताहरूले आफूले रोजेको जुनसुकै दललाई मतदान गर्न सक्छन् । कुनै पनि दलले प्राप्त गरेको मतको अनुपातमा संसदमा सिटहरू बाँडफाँड गरिन्छ ।

निर्वाचनको मतगणनापछि राष्ट्रपतिले सिट संख्याको आधारमा ठूलो दललाई सरकार गठन गर्ने पहिलो अवसर दिनेछन् । त्यस दललाई सरकार गठन गर्न २८ दिनको समय दिइनेछ । यदि उक्त दल सरकार गठनमा असफल भएमा दोस्रो ठूलो दललाई अवसर दिइनेछ । यदि त्यो दल पनि असफल भएमा ९० दिनभित्र नयाँ निर्वाचन हुनसक्छ । एजेन्सी