९ कार्तिक २०८३, सोमबार

फोटो खिच्न हिँडेका २ किशोरी सम्पर्कविहीन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी शनिबारदेखि सम्पर्कविहीन भएका छन् ।

सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किएका १३ वर्षीया एन्जी बराइली र १६ वर्षीया शीतल घिमिरे घर नफर्किएपछि परिवार चिन्तित बनेका छन् ।

पथरी शनिश्चरे–२ की एन्जी र वडा नम्बर ७ की शीतल अहिलेसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनीहरु अन्तिम पटक कहाँ देखिएका थिए, सालबारी पुगेका थिए वा थिएनन् र त्यसपछि कहाँ गए भन्ने विषयमा जानकारी संकलन गरिरहेको बताइएको छ ।