२९ आश्विन २०८३, बिहिबार

घोडा हिँड्दा पुल भाँचियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Horse

जुम्ला, ३ असार । जिल्लाको कुडारी गाविस वडा नं १ स्थित तिला नदीमाथि हालिएको ५० वर्ष पुरानो काठेपुल भाँचिएको छ ।

जुम्लाको ताम्ती गाविसमा चामल ढुवानी गरिरहेको घोडा हिँड्दै गर्दा पुल भाँचिएको हो ।

पुल भाँचिदा आधा घण्टा जति घोडा पुलमा अड्किन पुग्यो । घोडा अड्केको पुलको केही भाग भाँचिएर तिला नदीमा खसेपनि बाँकी चिरिएको भागको बीचमा खुट्टा भाँसिएर घोडा अड्केको थियो । उद्धारका लागि गएका स्थानीय जनताले पुलको वारिपारिबाट कसैले सब्बलले काठको भाँचिएको पुल उठाउने त कसैले बन्चरोले पुल काट्ने गरेपछि घोडा भारीसँगै नदीमा खसेर बाँच्न सफल भएको थियो ।

ताम्ती गाविसमा जाँदै गरेको अवस्थामा करिब एक क्विन्टल चामलसहित लाखौँ मूल्य पर्ने घोडा सकुशल बाँचेपछि ताम्ती–८ टोप्ला जुम्लाका घोडा साहु धनवीर शाहीले पनि खुसी भएर कुडारीवासीलाई धन्यवाद दिए ।

अहिले पुलबाट आवतजावत कार्य पूर्ण ठप्प छ । पुल भाँचिएर मान्छे तथा पशुवस्तुको आवतजावत रोकिएपनि यस विषयमा सरोकारवाला निकायहरु मौन देखिन्छ ।