६ कार्तिक २०८३, शुक्रबार

रवि लामिछाने श्रीमतीसहित पारिवारिक भ्रमणका लागि भारत प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् ।

लामिछाने तीन दिने पारिवारिक भ्रमणका लागि आज भारत प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार लामिछानेले धनगढी हुँदै भारतको उत्तराखण्ड, नैनीतालस्थित कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।

लामिछाने तीन दिनपछि स्वदेश फर्किने सचिवालयले जनाएको छ ।