६ कार्तिक २०८३, शुक्रबार

क्रसरको पानी पोखरीमा डुबेर सुनकोशीमा आमाछोरीको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको पानी पोखरीमा डुबेर आमाछोरीको मृत्यु भएको छ ।

दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

बिहीबार दिउँसो करिब २ बजे आमाछोरी पोखरीमा नुहाइरहेका बेला बालिका खेल्ने क्रममा डुबेकी थिइन् ।

छोरी पोखरीमा डुबेको खबरसँगै रहेका साथीले दिएपछि उनलाई बचाउन पोखरीमा पसेकी सतीदेवी समेत डुबेकी थिइन् । घटनामा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दशैं मनाउन माइती आएकी चेली र उनकी छोरीको एकैसाथ मृत्यु भएपछि परिवार तथा स्थानीयबासी शोकमा परेका छन् ।

घटनाले गाउँमा शोक छाएको छ ।

घटनाबारे क्रसर उद्योगका सञ्चालकहरूमाथि अनुसन्धान गरिरहेको सिन्धुली प्रहरीले जनाएको छ ।