काठमाडौं, ५ भदौ । एन्फा कम्पलेक्स सातोबाटोमा जारी पहिलो यू–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल र बंगलादेश सेमिफाइनलमा पुगेका छन् ।
शनिबार भएको खेलमा भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले सेमिफाइनलमा पुगेको हो । लगातार दोस्रो हारपछि भुटान समूह चरणबाटै बाहिएको छ । नेपाल यसअघि नै भुटानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
अब नेपाल र बंगलादेशबीच आइतबार सेमिफाइनल खेल हुँदैछ । नेपाल र बंगलादेशबीच हुने समूह चरणको अन्तिम खेलले समूह एको विजेताको टुङ्गो लगाउनेछ ।















प्रतिक्रिया