काठमाडौं । जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन् ।
श्रेष्ठलाई प्रहरीले शनिबार बिहान नख्खुस्थित उनकै घरबाट नियन्त्रणमा लिएर साइबर ब्युरो लगेको थियो ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता समेत रहेका कलाकार हिमेश पन्तले दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।
साइबर ब्युरोमा दुवै जनाबीच भएको लामो छलफलपछि श्रेष्ठलाई छाडिएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया