२८ आश्विन २०८३, बुधबार

पक्राउपछि दीपकेको पूर्वरेकर्ड भिडियो सार्वजनिक, अब कसले गर्दैछ दिल्ली आन्दोलनको नेतृत्व ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कक्रोच जनता पार्टी (सीजेपी)ले आज नयाँ दिल्लीमा गर्न लागेको आन्दोलनअघि नै त्यसका प्रमुख अभिजीत दीपके दिल्ली विमाननस्थलबाटै पक्राउ परे ।

शनिबार बिहान मुम्बईबाट फ्लाइटमार्फत दिल्ली पुगेका दीपकेलाई दिल्ली प्रहरीले दिल्ली विमानस्थलबाटै पक्राउ गरेको हो ।

यसैबीच, सीजेपीले संस्थापक दीपकेको पूर्वरेकर्ड गरिएको भिडियो सार्वजनिक गरेको छ ।

यसमा दीपकेले भनेका छन्– यदि तपाईं यो भिडियो हेर्दै हुनुहुन्छ भने यसको अर्थ हामीलाई नियन्त्रणमा लिइएको छ । हाम्रोपछि अजिंक्य शिन्देले यो आन्दोलनको नेतृत्व गर्नेछन् ।

सम्भावित गिरफ्तारीलाई मध्यनजर गर्दै दीपकेले गएराति यो भिडियो रेकर्ड गरेका थिए ।

यो पनि

दिल्लीमा प्रदर्शन सुरु हुँदै : चर्चित युट्युबर ध्रुव राठी पक्राउ, केही स्थानमा इन्टरनेट बन्द

दिल्लीमा सीजेपीको विरोध प्रदर्शनलाई आपको समर्थन, जन्तर–मन्तरमा भेला हुन आह्वान

दिल्ली प्रदर्शन : अभिजीत दीपके विमानबाटै पक्राउ, अहिलेसम्म ६०० समर्थक प्रहरी नियन्त्रणमा

राहुल गान्धीले भने– मोदी सरकार ढलेपछि लोकतन्त्रको पुनर्निर्माण सुरु हुनेछ