काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व गरेको २५ वर्ष पूरा गरेको अवसरमा उनलाई बधाई दिएका छन् ।
बुधबार साँझ सामाजिक सञ्जाल एक्समा लेख्दै लामिछानेले मोदीको दूरदर्शी नेतृत्वमा भारतको तीव्र प्रगति साँच्चै प्रेरणादायी रहेको बताएका हुन् ।
‘समर्पित जनसेवाको २५ उत्कृष्ट वर्ष पूरा गर्नुभएकोमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई हार्दिक बधाई । तपाईंको दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति साँच्चै प्रेरणादायी रहेको छ ।’ लामिछानेले लेखेका छन्, ‘साझा इतिहास, गहिरो सांस्कृतिक निकटता र जनस्तरको घनिष्ठ सम्बन्धमा आधारित नेपाल र भारतबीचको सम्बन्ध अटुट छ । स्वतन्त्र पार्टी र मेरो व्यक्तिगत तर्फबाट, म हाम्रा दुवै राष्ट्रका लागि यो साझेदारीलाई अझ सुदृढ र समृद्ध बनाउन सहकार्य गर्न तत्पर छु ।’

सरकारको नेतृत्वमा मोदीको २५ वर्ष पूरा, बिहानै मन्दिर पुगेर गरे पूजाअर्चना
सरकार नेतृत्वको २५ वर्षमा मोदीको अनुभव– हरेक घटनाले मलाई सिकाएको छ, संकटले धैर्यको परीक्षा लिएको छ











प्रतिक्रिया