२८ आश्विन २०८३, बुधबार

फिर्केखोला अतिक्रमण गरेर बनाइएका सबै संरचना हटाउँदै पोखरा महानगर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा । पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षभित्र फिर्केखोलाको अतिक्रमण गरेर बनाइएका सबै संरचना हटाउने योजना रहेको जनाएको छ ।

गत जेठमा संरचना भत्काउन आक्रमक बनेको महानगर कानुनी प्रक्रिया, पुनः नापजाँच तथा वर्षातका कारण रोकिएको थियो ।

अतिकमण गरेकाहरुलाई तीन पटकसम्म पत्राचार गर्दा पनि अटेर गरेपछि बाँकी संरचना भत्काउन सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।

२०८० सालको नापजाँच प्रतिवेदनका आधारमा पहिचान गरिएका कुल १ सय ६० संरचनामध्ये यसअघि १ सय ४ वटा अस्थायी तथा केही पक्की संरचना भत्काइएको थियो । यद्यपि, खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५६ वटा पक्की र संस्थागत संरचनाहरू भत्काउन बाँकी नै थियो ।

बाँकी रहेका संरचनाहरूमा केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घरहरू परेकाले नापजाँच र कानुनी प्रक्रिया मिलाउन समय लागेकोले चालु आर्थिक वर्षभित्र खोला घरका सबै संरचना हटाउने योजना रहेको महानगरपालिकाको पर्यटन तथा शहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले जानकारी दिए ।