२८ आश्विन २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकलाई ‘फोन पे’ का तीन अवार्ड

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुक्तिनाथ विकास बैंकले फोनपे अनर्स कार्यक्रममा तीनवटा अवार्ड प्राप्त गरेको छ।

फोनपेले आयोजना गरेको कार्यक्रममा बैंकले हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर), हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर) र हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर) विधामा अवार्ड पाएको हो।

बैंकका अनुसार मोबाइल एपमार्फत फोनपे डाइरेक्टबाट भएको कारोबार, मोबाइल एपमार्फत क्यूआर भुक्तानी तथा क्यूआर मर्चेन्टमार्फत प्राप्त कारोबारको उच्च संख्याका आधारमा यी अवार्ड प्रदान गरिएको हो।

डिजिटल भुक्तानी सेवाको विस्तार र प्रवर्द्धनमा बैंकले पुर्‍याएको योगदानको सम्मानस्वरूप अवार्ड प्राप्त भएको बैंकले जनाएको छ।

बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। साथै, अवार्डले आगामी दिनमा डिजिटल भुक्तानी सेवा विस्तार गर्न थप प्रेरणा मिलेको बैंकको भनाइ छ।