३० आश्विन २०८३, शुक्रबार

भुटानविरुद्धको खेलमा विमलको ह्याट्रिक

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bimal-gartimagar

काठमाडौं, ३ भदौ । एन्फा कम्पलेक्समा आजदेखि सुरु भएको १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालली टिमका कप्तान बिमल घर्तीमगरले ह्याट्रिक हानेका छन् ।

कप्तान बिमलले जारी खेलमा भुटानविरुद्ध ३ गोल प्रहार गर्दै ह्याट्रिक गरेका हुन् । खेलमा नेपालले ३-१ को जित निकाल्दै सुःखद सुरुआत गरेको छ ।  बिमलले खेलको १०, २९ र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।

भुटानको लागि खेलको ११ औं मिनेटमा सोनम तोग्बेले गोल गरे । अहिलेका खेलाडीको वर्चस्व रहेको नेपाल र भुटानी टिम दुई वर्षअघि दशरथ रंगशालामा साफ यू–१६ मा भिडेका थिए । त्यसमा नेपालले ७–० को जित निकालेको थियो ।