काठमाडौँ, ३ भदौ । प्रहरीको इन्काउन्टरमा मारिएका राजधानीका डन कुमार घैंटेको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको चिकित्सकले खुलासा गरेका छन् ।
शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख डा. प्रताप नारायणप्रसादले घैंटेलाई प्रहरीले मृत अवस्थामा ल्याइ पुर्याइएको जानकारी दिए । उनका अनुसार, घैंटेको छाती र तिघ्रामा गोली लागेको थियो ।
प्रहरीले भने आठ वटा गोली लागेर घाइते भएपछि घैंटेलाई उपचारका लागि अस्पताल लगिएको दाबी गरेको छ । राजधानीको सामाखुसीस्थित कपुरधारामा आज बिहान साढे ११ बजे प्रहरीले घैंटेमाथि पेस्तोल र बन्दुकले १० राउण्ड फयरिङ गरेको थियो । गस्तीमा रहेको प्रहरी टोलीमाथि घैंटेको समूहले आक्रमण गरेपछि जबाफी कारबाहीमा घैंटे मारिएको प्रहरीको दाबी छ ।
















प्रतिक्रिया