पोखरा । फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरूआत गरेको हो । जसअन्तर्गत दुबई अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
जहाजमा एक सय १३ यात्रु पोखरा आएका थिए । जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी र पर्यटन सम्बद्ध सङ्घसंस्थाका प्रतिनिधि विमानस्थलमा उपस्थित भएका थिए । जहाज आजै साँझ ७ः१५ बजे एक सय ५३ यात्रु लिएर दुबई फर्किएको छ ।













प्रतिक्रिया