काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले भोटेकोशी बाढीपछि सरकारले अपनाएको एकद्वार उद्धार प्रणालीले हजारौं नागरिकको ज्यान लिएको बताएका छन् ।
गत भदौ १० गते आएको बाढीपछि जलविद्युत् आयोजनाका सुरुङहरुमा शव फेला पर्न थालेको उल्लेख गर्दै साम्पाङले उद्धारमा भएको ढिलाइकै कारण मानवीय क्षति बढेको बताएका हुन् ।
आइतबार बिहान फेसबुकमा लेख्दै साम्पाङले सरकारको उद्धार कार्यप्रति असन्तुष्टि जनाउँदै ढिलासुस्ती र अकर्मण्यताका कारण ठूलो जनधनको क्षति भएको बताए ।
उनले लेखेका छन्, ‘सरकारले यतिवटा लास निकाल्यो, उतिवटा लास निकाल्यो !!! ढिलासुस्ती र अकर्मण्यता, एकद्वार उद्धार प्रणालीले गर्दा हजारौंको ज्यान लियो !’
भोटेकोशी बाढीपछि उद्धार तथा खोजी कार्यमा ढिलाइ भएको र त्यसकै कारण सुरुङमा फसेकाहरूको ज्यान गएको साम्पाङले उल्लेख गरेका छन् ।














प्रतिक्रिया