नयाँदिल्ली । भारतमा आफ्नो राष्ट्रिय झन्डालाई लिएर स्थानीयमा चासो र चिन्ता रहने गरेको छ । कतिसम्म नागरिक सचेत हुन्छन् भन्ने कुरा केही साना विषयले पाएको चर्चाले स्पष्ट पार्ने गरेका छन् ।
तर भारतका चर्चित खेलाडी र कलाकारहरूले नै राष्ट्रिय झन्डा दुरुपयोग गरेको समाचार पनि बेलाबेलामा बाहिर आउने गर्छ । र चर्को आलोचना पनि हुने गरेका छन् ।
विश्वप्रसिद्ध क्रिकेट खेलाडी सचिन तेन्दुलकर, टेनिस खेलाडी सानिया मिर्जा र कलाकार मन्दिरा बेदीले राष्ट्रिय झण्डाले हदैसम्मको दुरुपयोग गरेको भन्दै कडा आलोचना भइसकेका छन् ।

सानिया मिर्जा
राष्ट्रिय झन्डाको दुरुपयोग गरेको अग्र सूचीमा सानिया पनि पर्छिन् । टेनिस सुन्दरी सानिया मिर्जाले सन् २००८ मा आफ्नो खुट्टा झन्डा रहेको टेबलमा राखेकी थिइन् । यसका विरुद्ध सानियाले मुद्दा पनि खेप्नु परेको थियो ।
सानियाले अस्ट्रेलियामा एक टेनिस प्रतियोगितामा कुर्सीको अगाडि राखिएको टेबल र झन्डामाथि खुट्टा राखेर बसेकी थिइन् । उनले राष्ट्रिय झन्डाको गरिमा नबुझेको आरोप लगाइएको थियो ।

सचिन तेन्दुलकर
विश्वप्रसिद्ध क्रिकेटर सचिन तेन्दुलकरले आफ्नो जन्मदिनका दिन केकमाथि राष्ट्रिय झण्डा बनाएर आलोचना खेप्नु परेको थियो । उनले केकमाथि बनाएको झन्डासहितको केकलाई काटेका थिए । सन् २०१० मा जन्मदिन मनाउने क्रममा सचिनको आलोचना भएको थियो ।

मन्दिरा बेदी
चर्चित कलाकार मन्दिरा बेदीले राष्ट्रिय झन्डाको साडी लगाएर विवादमा आएकी थिइन् । उनले झन्डालाई साडी बनाएर लगाएपछि विरोध भएको थियो । उनको साडी माथिदेखि तलसम्म झन्डा बनाइएको थियो ।















प्रतिक्रिया