काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडकखण्डहरू पूर्ण रूपमा अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले आज (सोमबार) बिहान ६ः४० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै यात्रुहरूलाई सचेत रहन र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको हो ।
काठमाडौं धादिङको चन्द्रागिरी नगरपालिका–२ चिसापानी पहिरोका कारण अवरुद्ध भएको सडकखण्डमा एकतर्फी सुचारु भएको छ ।
बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थितिको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गरिने छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशुली–मैलुङ्ग–स्याफ्रुबेसी सडक खण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ ।
मुख्य राजमार्ग सबै अर्को सूचना जारी नभएसम्मको लागि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
शिवपुरी गाउँपालिका–८ घट्टेखोला टोखा छहरे सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ । राति १० बजे देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको हो ।














प्रतिक्रिया