२८ आश्विन २०८३, बुधबार

राप्रपाले सोध्यो बागमतीका ३ सांसदलाई स्पष्टीकरण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभाका तीन सांसदलाई स्पष्टीकरण सोधेको छ ।

पार्टी केन्द्रको निर्देशन विपरीत कार्य गरेको भन्दै सांसदहरू मोनिका श्रेष्ठ, डम्बर तामाङ र नुरज बज्राचार्यलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको हो ।

राप्रपाले बागमती प्रदेश सरकार निर्माण प्रक्रियामा सहभागी नहुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको थियो । तर, ती सांसदले उक्त निर्देशनको उल्लंघन गर्दै सरकारको पक्षमा मतदान गरेका थिए ।