काठमाडौं । बाढी पीडितका लागि अमेरिकाबाट ४० टन राहत सामग्री आइपुगेको छ ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी मानवीय संस्था सामारिटन्स पर्सले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको हो।
राहत सामग्रीमा पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ सामग्री र सौर्य बत्तीलगायतका सामग्री छन्।
राहत सामग्रीले २ हजार ६ सय परिवारलाई सहयोग पुग्ने दूतावासले जनाएको छ।















प्रतिक्रिया