३१ आश्विन २०८३, शनिबार

सीमा नाकामा ‘गोप्रो क्यामेरा’को प्रयोग

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले सीमा नाकामा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ ।

सीमा क्षेत्र काँकडभिट्टामा परिचालित सशस्त्र प्रहरीको ‘बोर्डर इन्टर्‍याक्सन टिम’ (बिआइटी)ले दुई वटा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको हो । यस प्रविधिले सूचना संकलन तथा निग्रानी कार्यमा सहयोग, कुनै पनि घटना भएमा प्रमाण संकलन, तस्करी नियन्त्रण, सीमा सुरक्षा तथा व्यवस्थापन कार्यमा थप सहजता हुने विश्वास लिइएको छ ।

सशस्त्र प्रहरी बल नेपालले देशका मुख्य सीमा नाकाहरुमा निगरानीको लागि सीसीक्यामराहरु प्रयोग गर्दै आइरहेको छ भने अन्य सीमा नाकाहरुमा समेत गोप्रो क्यामरा लगायतका आधुनिक डिजिटल उपकरणहरुको प्रयोग गरी परिचालन हुने सशस्त्र प्रहरीले जनाएको छ ।