३१ आश्विन २०८३, शनिबार

राष्ट्रियसभाबाट भोटेकोशी विपद्‌बारे विशेष प्रस्ताव पारित (पूर्णपाठ)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रियसभा बैठकबाट भोटेकोशी बाढीबारे विशेष प्रस्ताव पारित गरेको छ ।

मंगलबार राष्ट्रिसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राखेको विपद् आइसकेकाले समन्वयात्मक रूपमा राहत, उद्धार तथा विस्तृत व्यवस्थापनको विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रस्तावमा स्वदेशी–विदेशी विशेषज्ञ, प्राविधिकसहितको परिचालनबाट खोजी तथा उद्धारलाई युद्धस्तरमा अघि बढाउँदै विपद्पछिको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गरिएको छ ।

यस्तो छ विशेष प्रस्ताव-

माननीय सदस्यहरू, मिति २०८३ साल भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिको दुखद् घडीमा ज्यान गुमाउने नागरिकहरू प्रति भावपूर्ण श्रद्धाञ्जली साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना, तथा सम्पर्क विहीनहरूको खोजी, घाइतेहरूको निःशुल्क उपचार र वैज्ञानिक शव व्यवस्थापन र भौतिक संरचनाको पुनर्निर्माणका लागि तहगत सरकारहरूबीच समन्वय, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तराष्ट्रिय समुदायलगायत सबैको सहयोग सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद् व्यवस्थापन गर्न र भविष्यमा विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न नेपाल सरकारको विशेष ध्यान जावोस् भन्ने आग्रह सहित यो विशेष प्रस्तावलाई पारित गरिदिनु हुन अनुरोध गर्दछु ।