वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट चोरी भएको शिशुको सुकशल उद्वार भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार दिउँसो १ बजे उद्धार गरेको हो । प्रहरीले शिशु चोरी गर्ने २७ वर्षीया सबिना खातुनलाई पक्राउ गरेको छ ।
खातुनले भदौ १४ गते अपराह्न ४ बजे अस्पतालबाट शिशु चोरी गरेर फरार भएकी थिइन् ।
शिशुको उद्धार भएपछि प्रहरीले सर्लाहीकी २७ वर्षीया आमाको जिम्मा लगाएको छ।













प्रतिक्रिया