१ कार्तिक २०८३, शनिबार

भोटेकोशी बाढी : रास्वपाले फेरि बोलायो सर्वदलीय बैठक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज फेरि सर्वदलीय बैठक बोलाएको छ ।

पार्टी सभापति रवि लामिछानेले आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालय बस्नेगरी बैठक बोलाएका हुन् ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्था, प्रभावितको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाका विषयमा छलफल हुनेछ ।

यसअघि बाढीलगत्तै पनि सभापति लामिछनेको आह्वानमा सर्वदलीय बैठक बसेको थियो ।