काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।
शनिबार भएको वार्ताका क्रममा रसुवा–केरुङ नाका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपाल र चीन दुवैतर्फ भएको जनधनको क्षतिप्रति दुवै नेताले गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे ।
दुवै नेताबीच जारी खोजी, उद्धार तथा राहत कार्यका साथै चीनमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले आपत्कालीन मानवीय राहत सहयोग उपलब्ध गराएकोमा चिनियाँ सरकारप्रति धन्यवाद व्यक्त गरेका छन् ।
वार्तामा नेपाल र चीनबीच तत्काल उपलब्ध हुने जल तथा मौसमसम्बन्धी तथ्यांक आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको बताइएको छ ।













प्रतिक्रिया