काठमाडौं, १ भदौ । यो सिजनको स्पेनिस सुपर कप फुटबल प्रतियोगिता सकिएको छ ।
उपाधि दावेदार बार्सिलोना पराजित भएपछि यो सिजनको स्पेनिस सुपर कपको उपाधि एथ्लेटिको विल्बाओले जित्यो । एथ्लेटिकोले ३१ वर्षपछि यो उपाधि जितेको हो ।
खेलको सुरुआतमा स्ट्राइकर लियोनल मेस्सीको उत्कृष्ठ प्रदर्शनले बार्सिलोनाले उपाधि जित्ने आकलन गरिएपनि सफल भएन् । ४३ औं मिनेटमा लिओनल मेस्सीले गोल गर्दै बार्सिलोनाको पुनरागमनको संकेत दिलाएका थिए ।
तर, पहिलो लेगमा ४-० को शानदार जित हात पारेको बिल्बाओले सोमबार राति नाउ क्याम्पमा भएको दोस्रो लेगमा मेस्सीलाई मैदानमा घेर्दै बार्सिलोनालाई १-१ को बराबरीमा रोक्यो । बिल्बाओका लागि खेलको ७५ औं मिनेटमा अडुरिजले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याएपछि बार्सिलोना पराजित भयो ।

पहिलो लेगमा बार्सिलोनाले अप्रत्यासित हार व्यहोरेपछि लुइज इनरिकले टीममा ठूलो हेरफर गरेका थिए । गोलकिपरमा ब्राभोलाई खेलाइएको थियो भने फवार्ड लाइनमा लिओनल मेस्सी, लुइस स्वरेज र पेड्रो थिए ।
तर, विल्बाओले मेस्सीलाई राम्रो तयारी गरेको देखियो । उनको खुट्टामा बल पुग्दा साथ विल्बाओका दुई खेलाडीले मैदानमा पछ्याउँथे । घेरा हालेर बललाई पोष्टमा लग्न दिएनन् जसका कारण मेस्सीले थप गोल गर्न असफल रहे ।
















प्रतिक्रिया